इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार स्वास्थ्य संस्था सूचीकृत
काठमाडौं: इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी संस्थाहरूलाई सूचीमा राखेको हो।
उच्च अदालत पाटनको उत्प्रेषण परमादेशको आदेशअनुसार र विज्ञ समितिको सिफारिसमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताल, र किष्टल डायग्नोष्टिक प्रा.लि। लाई सूचीमा समावेश गरिएको हो।
नेपाल मेडिसिटी हस्पिटलको सूचीकरण प्रक्रिया भने हालको लागि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ। उच्च अदालत पाटनले इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश जारी गरेको थियो । आदेशअनुरूप मन्त्रालयले चार संस्थालाई मात्र सूचीकरण गरी एक संस्थाको प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।
Share on Twitter